एसपी रिपोर्टर
जनकपुरधाम, माघ २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको संवोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर निस्केका हुन् ।
ओली निवासमा बालकोटमा दुई नेता विच संवाद हुने संकेत लोसपा स्रोतले जानकारी दिएको छ । संसदबाट बाहिर निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिएका ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति हुने मा ढुक्क रहन दाबी गरे । उनले भने,‘हामीले जो भन्छौं, उही हुन्छ ।’
ठाकुरलाई राष्ट्रपतिमा अघि सारे सबै दलले स्वीकार गर्ने स्थितीको सम्भावना देखेर ओलीले ठाकुर संग छलफल गर्न लागेको हुन सक्ने बताइएको छ ।