एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : मुख्यमन्त्री राउतले मन्त्री परिषद आफनो ईच्छाले नभई दलका केन्द्रिय अध्यक्षहरुको चाहना अनुसार भएको बताएका छन् । मंगलवार माओवादीका एक मन्त्री र एक राज्यमन्त्रीलाई सपथ ग्रहण गराएपछि पत्रकारहरुले मन्त्री परिषदमा दलित, खसआर्य खोइ त ? समावेशी भएन नि ? भन्ने प्रश्नमा मुख्यमन्त्री सरोज कुमार यादवले पार्टीका नेताहरु संग यस्को जवाफ माग्न आग्रह गरेका छन् ।
यादवले भने, ‘मैले चाहेर मन्त्री परिषद विस्तार भएको होइन, ओली, प्रचण्ड, उपेन्द्र यादव र डा. राउतले ज जस्को नाम भन्नु भो मैले उनिहरुलाई सपथ ग्रहण मात्र गर्न लगाएको हुँ ।’ दलहरुले जस्को नाम दियो मैले उसलाई राखे अव के भयो के हुन सकेन मलाई थाहा नभएको उनले गैरजिम्मेवार टिप्पनी गरे । दलहरुलाई समावेशीताको हिसावले नाम प्रस्ताव गर्न निर्देशन दिन सक्ने जिम्मेवार व्यक्ति भएर पनि मुख्यमन्त्री यादवले यस्तो जवाफ दिएका हुन ।
उनले पार्टीका केन्द्रिय अध्यक्षहरुले नै फोन गरेर फलानो फलानोलाई मन्त्री बनाउन भनेको समेत खुलाएका छन् । आफु निरिह जस्तो जवाफ दिएका उनले भने, ‘मेरो गल्ती हो ? प्रचण्डले फोन गरेर भन्छ फलानोलाई मन्त्री बनाईदिनोस ।’