पुरन रौनियार
जनकपुरधाम, माघ २० : गत मसिंर ४ गतेको निर्वाचनमा स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेकी सुरिता कुमारी साह मधेशकै पहिलो महिला मन्त्री मात्र बन्न सफल भएकी छैनन पुरुषहरु लडाई गरिरहेको समाजिक विकास जस्ता पावरफुल मन्त्रालय हात पार्न सफल समेत भएकी छन् । उनको यो सफलता उनले त्यतीकै पाएकी भने होइनन । राजनिति र जनताको सेवा प्रतिको उनको समर्पण, लगाव जनताको बिचमा रहने, बोल्ने उनको सरल शैलीले अन्तत: आज उनी मधेशको पहिलो महिला मन्त्रीको रेडर्क आफनो नाउँमा गर्न सफल भईन ।
यसपालीको निर्वाचन उनको लागि निर्वाचन होइन महानिर्वाचन थियो । २०७४ सालको निर्वाचनमा राजपाबाट प्रदेशसभा सदस्यमा चुनाव जितेकी उनले २०७९ को निर्वाचनमा टिकट पाइनन् । तत्कालिन पाँच दलिय गठबन्धनमा उनको क्षेत्र पर्ने महोतरी क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्य र सो क्षेत्रको ‘क’ प्रदेश क्षेत्र लोसपालाई परयो भने उनको क्षेत्र ‘ख’ कांग्रेसको भागमा पारिएपछि महिला भएकै कारण आफुलाई हेपेको भन्दै उनी निराश भईन ।
उनले जितेको सो प्रदेश क्षेत्रमा कांग्रेसबाट महोतरीका कांग्रेस सभापती समेत रहेका नागेश्वर यादव उम्मेदवार भए तर उनले हिम्मत हारिनन र जो सुकै संग भएपनि लडने हो भन्दै स्वतन्त्र उम्मेदवारी दिइन । सोहि क्षेत्रमा जसपा र एमालेको गठबन्धनमा एमालेको तर्फबाट उम्मेदवार थियो जनकपुरधामको मेयरमा लडिसकेका लक्ष्मीनारायण भगत । देशका दुई ठुला र मुख्यपार्टी र त्यसमापनि गठबन्धनका उम्मेदवारहरुका बिचमा पनि हार नमानेकी सुरिता स्वतन्त्र उम्मेदवार भई अगाडि बढिन र चुनावमा बाजी मार्दै जित्न सफल भईन ।
सुरितालाई सबैले पार्टी प्रवेश गराउन चाहन्थे
उनको जितको चर्चा र प्रशंसा व्यापक हुन थाल्यो । हरेक राजनितिक दल र तिनका शिर्षनेताहरुको नजरमा सुरिता पर्न थालिन । स्वतन्त्र जितेकी उनलाई पार्टी प्रवेश गराएर सांसद थप्न दलहरु बिच प्रतिस्पर्धा सुरु भयो । जनमत पार्टीसंगको कुराकानीमा जनमतले मन्त्री बनाउनेमा सहमती जनाए तर सुरिताले मन्त्रीका साथै पार्टी उपाध्यक्ष दिनुपर्ने मांग राखे तर जनमतले दुईवटै पदको ग्यारेन्टी गर्न नसक्ने जवाफ दियो ।
एमालेले पनि उनलाई पार्टी प्रवेश गर्न भनेको थियो तर उनले मधेशवाद नछोडनेमा दृढ रहिन । एमालेले पार्टीमा प्रवेश गर्न त्यसपछि मन्त्रीका लागि पहल हुनेछ भनेपछि सुरितलाई बिश्वास भएन र उनी छेउ लागिन । नयाँ पार्टी खोलेका प्रभु साहले समेत आफनो पार्टीको पदाधिकारी बनेर काम गर्न आग्रह गरे तर उनी त्यता तर्फ ध्यान दिइनन् ।
यसरी भयो जसपा र सुरिता बिच सहमती
जब सदभावना, राजपा, जसपा हुदै लोसपा सम्म संगै काम गरेका सहकर्मी सरोज कुमार यादव मुख्यमन्त्री बने अनि उनी जसपाको सम्पर्कमा पुगिन । मुख्यमन्त्री यादवले महिला मन्त्रीमा सुरिता उत्तम हुने भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवसंग समन्वय गरि सुरितालाई पार्टी प्रवेश गराउन पहलकदमी लिए ।
सप्तरीका नवलकिशोर साह प्रतिनिधीसभामा जितेर गएको, सप्तरीकै शैलेन्द्र साह पराजित भएका वेला प्रत्यक्ष निर्वाचित वैश्य समुदायकी सुरितालाई मन्त्री बनाउँदा पार्टीलाई फाइदा हुने भएकाले जसपा अध्यक्ष उपेन्द्र यादव मुख्यमन्त्री यादवको प्रस्ताव स्वीकार गरे तर सुरिता भने समाजिक विकास मन्त्री नै पाउने अवस्थामा मात्र पार्टी प्रवेश गर्ने चट्टानी अडानमा अडिग रहिन । अन्तत उनलाई जसपाले पार्टी प्रवेश मात्र गराएनन शुक्रवार विस्तारित मन्त्री परिषदमा समाजिक विकास मन्त्रीकै जिम्मेवारीमा पठाएको छ ।
जनमतले पनि समाजिक विकासमै दावी गरेको थियो र सुरिताले पनि । जसपा समाजिक विकास छोडन चाहेन र सुरिता बाजी मारेकी छिन् । तर जनमतलाई मिलाउन मुख्यमन्त्री राउतले सुरिताको समाजिक विकासबाट शिक्षा क्षेत्र निकाल्नु परेको छ । यतिमात्र होइन सुरिता पहिलो पटक समानुपातिकबाट २०६८ सालको निर्वाचनमा संविधानसभामा सदस्य हुँदा नै भाग्यशाली सावित भइन र बाबुराम नेतृत्वको सरकारमा सुचना तथा सञ्चार राज्यमन्त्री भएर कुशलता पुर्वक काम गर्न सफल भइसकेकी नेतृ हुन ।
शुक्रवारनै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी सुरिता आफुलाइ बिश्वास गरि समाजिक विकास जस्तो जनताको सेवा गर्ने मन्त्रालयको जिम्मेवारी दिएकोमा जसपा नेतृत्वप्रति आभार व्यक्त गर्दै मधेश आन्दोलनका सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दै समाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् ।