एसपी रिपोर्टर
काठमाण्डौं, मसिंर १९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् । सत्ता गठबन्धनकै सरकार बन्ने हल्लाका बिच एमाले र माओवादीका दोस्रो तप्काका नेताहरु ओली र प्रचण्ड मिलाउन सक्रियता बढाएका छन् । बाम एकता गरेर देशलाई निकास दिनु अहिलेको आवयश्कता भएकाले एमाले र माओवादीका नेताहरु सक्रियता बढाएको बताइन्छ ।