एसपी रिपोर्टर
जनकपुरधाम, असोज २० :
नेकपा एमाले र जसपा नेपालको नयाँ गठबन्धन हुने सम्भावना बढदै गएको छ । बालुवाटारको गठबन्धन बैठकमा राजेन्द्र श्रेष्ठ र मनिष सुमनलाई पठाएर जसपा अध्यक्ष उपेन्द्र यादव आफै ओली संगको गोप्य बैठकमा पुगेपछि जसपा एमाले संगको तालमेलमा जाने सम्भावना बलियो छ ।

स्रोतका अनुसार एमालेले जसपालाई मधेशमा संघ र प्रदेशमा आधा/आधा र अन्य प्रदेशमा प्रतिनिधीसभा तर्फ थप ८ सिट दिन सहमत भएको छ । अन्य प्रदेशको प्रदेशसभा तर्फ पनि जसपाको बाहुल्यता रहेकोमा जसपालाई उम्मेदवार बनाउन ओली समहत रहेको बताइएको छ । ओली यादवको छलफलले देशलाई नै तरङ्गित गरेको छ ।

आजै मध्यरात सम्म सहमतीको ड्राफ्ट तयार भई ओली यादवको सहमतीमा हस्ताक्षर हुन सक्ने सम्भावना रहेको स्रोतको दावी छ । एमालेले राप्रपा र लोसपाका नेताहरुसंग पनि कुराकानी गरिरहेको र उनीहरुलाई समेत तालमेलमै ल्याउने प्रयास गरिरहेको छ । ओली लोसपा अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन संग पनि सम्र्पकमा रहेको बताइएको छ ।