एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ : जसपाका नेताहरु काठमाण्डौंमा छन् । कांग्रेसको आफनै पिडा र आन्तिरक किचलो, माओवादी सुप्रिमोको आफनै चुनाव क्षेत्रको अनिश्चितता र आन्तिरक विवादका कारण जसपालाई सन्तुष्ट गर्न सक्ने आधारहरु नभेटे पछि जसपा बैकल्पिक बाटो खोज्न थालेका छन् ।
दशैं पनि यस पालि काठमाण्डौंमै मनाएका जसपाका शिर्षनेताहरु कांग्रेस र माओवादीले चाहेर पनि आफनै समस्याबाट निकल्न नसकिरहेकाले अन्तिममा धोका हुन सक्ने भन्दै जिल्ला जिल्लामा नेता कार्यक्रताहरुलाई एक्लै पनि चुनाव लडने अवस्था आउन सक्ने जानकारी गराइसकेका छन् ।
जसपा अध्यक्ष यादवका विश्वासपात्र र मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव हाल पार्टीको प्रदेश सचिव समेत रहेका जितेन्द्र यादवको फेसबुकको स्टाटसले जसपाले खोजेको भाग गठबन्धनमा नपाउने संकेत गर्दछ । हेर्नोस यादवले फेसबुकमा लेखेको स्टाटस :
उनले लेखेका छन, कांग्रेस माओवादीको गठजोर एक किशिमको षडयन्त्र तहत अगाडि बढिरहेको छ । जसपा लोसपा र जनमत सहितका मधेश केन्द्रित दलहरुसंग पनि सम्पर्कमा रहेको र त्यो पनि सम्भव नभए एक्लै चुनावमा जानु पर्ने अवस्था आउन सक्ने जानकारी क्षेत्रमा गराउन जसपा नेतृत्वले सर्कुलेशन जारी गरिसकेको बताइन्छ ।