एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ : प्रदेश सरकारकै मुख्यालय प्राङ्गणमा वेवारिसे अवस्थामा रहेको तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापन स्व. रामनारायण मिश्रको शालिक सरसफाई गरिएको छ । जनकपुरधामको विकासमा अहम योगदान पुरयाएका स्व. मिश्रको शालिक अहिलेको मधेश भवन परिषरमै रहेपनि ओझेलमा परेको छ । स्व. मिश्रको शालिक रहेको सो ठाँउमा अहिले पानी जमेको र फोहरै फोहरले भरिएको छ ।
प्रदेश २ प्रमुख डा. राजेश अहिराजले नेपाली सेनाका जवान र केहि शुभेच्छुकहरुको सहयोगमा शालिकको सरसफाई गर्न लगाएका छन् । मधेश सरकारकै मुख्यालय परिषरमा रहेको र कसैको नजर नपर्ने सो शालिकको सरसफाई गरिनुका साथै पुनः अस्तित्वमा ल्याउन पहल थालिने भएको छ । स्व. मिश्र जचुकाली स्थापना र निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।
स्व. मिश्रको शालिक रहेको सो ठाँउमा अहिले पानी जमेको र फोहरै फोहरले भरिएकोमा आज नेपाली सेना, नेपाल प्रहरी र सो क्षेत्रको सुरक्षामा खटेका कर्मचारीहरुको समेत संलग्नतामा सरसफाई गरिएको हो । शालिक अनावरणमा सक्रिय भुमिका रहेको परिवारबाट रियाज साफीको समेत सफाईमा सहभागिता रहेको छ ।
जनकपुरधाम सहित यस क्षेत्रको विकासमा योगदान पुरयाएका स्व. मिश्र जस्ता अनेकन व्यक्तित्वको परिचयात्मक अस्तित्व पुनः फर्काउन प्रदेश प्रमुख छलफलमा रहेको स्रोतको भनाई छ । २०१६ सालमा विपि कोइराला प्रधानमन्त्रीको मन्त्री परिषदमा उद्योग मन्त्री रहेका मिश्र जचुकाली सहित तराई मधेशमा आधा दर्जन अन्तराष्ट्रिय स्तरको उद्योगहरु स्थापना गरि अद्यौगिक क्रान्ति गरेका थिए जस्मा जचुकाली पनि एक हो ।