एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ :
रसुवामा आएको विनाशकारी बाढीबाट पीडितको राहत तथा उद्धारका लागि जनकपुरधामस्थित श्री राम जानकी सुडी कुट्टीले२ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
श्री राम जानकी सुडी कुट्टीले जिल्ला प्रशासन कार्यालय, धनुषामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
कुट्टीका अध्यक्ष राम बालक महतोद्वारा हस्ताक्षरित पत्रमार्फत रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । राहत रकम कुट्टीका सदस्यहरूबाट संकलन गरिएको छ ।
कुट्टीले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराएको जनाएको छ ।