एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१:
लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
लायन्स क्लब अफ जनकपुरधाम जानकीको वर्ष २०२६/०२७ का लागि ललितकुमार साहको नेतृत्वमा चयन भएका पदाधिकारीहरूले शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका हुन् । त्यसैगरी, दुर्गेशकुमार साहको नेतृत्वमा चयन भएको लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका पदाधिकारीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लायन्स क्लब अफ जनकपुरधाम जानकीको प्रथम उपाध्यक्षमा गौतम सर्राफ, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार दास, सचिवमा रामकिशोर साह र कोषाध्यक्षमा सञ्जयकुमार साह चयन भएका छन् । यस्तै, चेयरम्यान एमसीमा गौतम अग्रवाल, एलसीआईएफ संयोजकमा सन्तोषकुमार साह, टेमरमा नरेशकुमार साह र टेल ट्विस्टरमा रघुवीर अग्रवाल चयन भएका छन् ।
क्लबको डाइरेक्टरमा अमरनाथ गुप्ता, वीरेन्द्र साह, रविकुमार साह र अरुणकुमार साह चयन भएका छन् ।

त्यस्तै, लायन्स क्लब अफ जनकपुरधाम रोयल्सको प्रथम उपाध्यक्षमा नवराज उपाध्याय, द्वितीय उपाध्यक्षमा निशान्त साह, सचिवमा रोशन साह र कोषाध्यक्षमा रोशन चौधरी चयन भएका छन् । सर्भिस चेयरपर्सनमा सरोज चौधरी, मेम्बरसीपमा मनिका कुमारी साह, मार्केटिङमा रामसोगारथ साह, चेयरपर्सनमा बलरामकुमार साह र एलसीआईएफ संयोजकमा धीरज साह चयन भएका छन् ।

रोयल्सको बोर्ड अफ डाइरेक्टरमा वसन्तकुमार साह, गोविन्दराज मण्डल, सन्तोषकुमार साह र ओमप्रकाश साह चयन भएका छन् ।
शपथ ग्रहणपछि दुवै क्लबका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । नयाँ नेतृत्वले क्लबका सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायतको उपस्थिति रहेको थियो ।







