एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ :
प्रत्येक वर्षको १९ नोभेम्वरका दिन मनाइने विश्व शौचालय दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सोहि अवसरमा जनचेतना अभियान नेपाल (प्याक नेपाल)ले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि विविध विषयमा छलफल गरेको छ । सस्टेनेवल स्यानिटेशन एण्ड क्लाइमेट चेन्ज मुल नाराका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरु विविध पक्ष उठान गरेका छन् ।

प्याक नेपालले धनुषा तथा महोत्तरी जिल्लाका जम्मा ४० वटा साविकका गाँउहरुमा सञ्चालन गरेको खुल्ला दिशा मुक्त अभियानको अनुभवहरु देखि पर्यावरणको रक्षा, स्वच्छता र शौचालय सहितको विषयमा छलफल गरिएको छ । कार्यक्रममा खुल्ला दिशामुक्त अभियानका अगुवा ई. देबेन्द्र झा लाई सम्मान गरिएको थियो । उनले चर्पीको प्रयोग र त्यसको महत्वका साथै नेपाल खुल्ला दिशा मुक्त भए पश्चात अब पुर्ण सरसफाई अतिनै चुनौतिपुर्ण रहेको यसका लागि सम्पुर्ण सरोकारबालाहरुले ध्यानदिनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद तथा स्वच्छता अभियानी राम अशिष यादवले मानव सभ्यताको शुरुवात पानिवाट नै भएको बताउदै अव्यवस्थित शौचालयको प्रयोग तथा दिशा जन्य पदार्थको अव्यवस्थीत बिसर्जनले समग्र मानब सभ्यतालाइ नै ठेस पुग्न सक्ने तर्फ सचेत गराएका थिए । प्याक नेपालका अध्यक्ष सुनिल कुमार यादबले संस्थाको अयोजनामा विभिन्नी सहयोगीहरुको सहयोगमा धनुषा तथा महोत्तरीमा बिगत ३ बर्षमा ४० वटा साविक गाविसहरुमा जम्मा २४ हजार भन्दा बढी चुनौतिपुर्ण शौचालय निर्माण गराएको बताए ।

कार्यक्रममा ककउ किशोर दाहाल, कृष्णचन्द्र साह, किशन साह, अमित झा, भोला मण्डल, सतिश यादव लगायतका उपस्थित थिए । उक्त कार्यक्रममा अतिथिहरुलाइ स्वागत गर्ने क्रममा वेस्ट मेटेरियलद्वारा निर्माण गरीएको मालाबाट स्वागत गरिएको थियो तथा आयोजकाको तर्फबाट उपस्थितिहरुलाई शौचालय सफा गर्ने ब्रश बितरण गरी सरसफाइ सम्बन्धि सन्देश प्रवाह गरिएको थियो ।