एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ : नेपाली सेनाले जनकपुरधामको दशमी मेलाको रोटे पिङ्ग भाँचिएर फसेका ५६ जनाको सकुसल उद्दार गर्न सफल भएको छ । माता राजदेवी र भगवान श्री राम मन्दिरको प्राङ्गणमा लगाइएको सो रोटे पिङ्गमा मेला भर्न आएका दर्शनार्थीहरु चढेको र घुम्ने क्रममा भाँचिएको थियो ।
सेनाको अगुवाईमा सुरक्षा निकायका अन्य अंगहरुको समेत प्रयासमा फसेका सबैको सकुशल उद्दार गरिएपछि सर्वसाधारणले उद्दारकर्मीहरुको खुलेर प्रशंसा गरेका छन् । विजयादशमीमा श्री महावीर युवा युवा कमिटि, श्री राम युवा कमिटि सहितको व्यवस्थापनमा जनकपुरमा सो क्षेत्रमा भब्य मेला लाग्ने गरेको छ ।

रोटे पिङ्ग घुम्ने क्रममा अचानक भाँचिन गई अड्किन गएको र रोटे पिङमा रहेका ५६ जना व्यक्तिहरु पिङ्गमा नै फसेको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायहरूबाट आएको जेसिबी ÷क्रेनको सहायताले फसेका सबै व्यक्तिहरुको ११ ः १५ बजे सकुशल उद्दार गर्न सफल भएको नेपाली सेना धनुषाले जनाएको छ ।





