एसपी रिपोर्टर
जनकपुरधाम, साउन १७ : विहिवार जनकपुरधामको गौरवको आयोजनाका रुपमा स्थापित राजर्षि जनक बिश्वविद्यालय (आरजेयू) को क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहिलो एतिहाँसिक नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतदान विहान ८ बजेर ४५ मिनेट देखि बेलुकी २ बजेर ४५ मिनेट सम्म भएको हो ।
तामझामका साथ छ वटा बेग्ला बेग्लै दलिय प्यानल सहित भएको मतदानमा कुल ४ सय ७५ मतदाता मध्ये ४ सय ४४ ले मतदान गरेका छन् । मतदान भएको सो संख्या कुल मतदाता संख्याको ९३.४७ प्रतिशत हो । ६ विद्यार्थी संगठनहरु छुट्टा छूटै प्रतिस्पर्धामा रहेको निर्वाचनको नतिजा आजै राती सम्म आउन सक्ने निर्वाचन अधिकृत उपप्रध्यापक विनोद कुमार कर्णले बताए ।
निर्वाचनमा कांग्रेस निकट नेविसंघबाट सभापतिमा त्रिलोक यादवका साथै अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियनबाट रविकुमार साह, संयुक्त विद्यार्थी प्यानलबाट श्याम साह, जनमत विद्यार्थी संघबाट सभापतिमा शशिकान्त मंडल, लोकतान्त्रिक विद्यार्थी संघबाट प्रवेश यादव र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट प्रवास कौशिक (धिताल) नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन ।