एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ :
विहिवार जनकपुरधामको गौरवको आयोजनाका रुपमा स्थापित राजर्षि जनक बिश्वविद्यालयको क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहिलो एतिहाँसिक नेतृत्व चयनका लागि निर्वाचन छ र त्यसको अहिले जनकपुर भरिनै रौनक पनि ।

जम्मा चार सय पच्हतरी छात्रछात्रा मतदाता रहेको यस क्याम्पसमा ६ विद्यार्थी संगठनहरु छुट्टा छूटै प्रतिस्पर्धामा छन । बिश्वविद्यालय स्थापना भएपछि पहिलो पटक हुन लागेको यस निर्वाचनमा नेविसंघबाट त्रिलोक यादव सभापतिका लागि उम्मेदवार बनेका छन ।

क्याम्पसको स्थापनाकाल देखि नै शिक्षण प्रणाली, परिक्षा प्रणाली, पदाधिकारीको पदपुर्ती र हित तथा विद्यार्थी, प्रध्यापक सहित सबैको हितका लागि भएको विभिन्न दबाब मुलक कार्यक्रमहरुमा कुनै पार्टी र पक्ष नबुझि आन्दोलनको अगुवाई गरेका त्रिलोक र उनका साथीहरु अहिले तितरवितर भएकोमा त्रिलोक दुखी छन् ।

निर्वाचन हो, दलिय पक्ष विपक्ष स्वभाविक हो, धेरै साथी साथ छोडेर अन्यत्र अवसरका लागि लागे उनले भने, ‘तर म नेतृत्वमा आएपछि यो क्याम्पसको हित र स्थापित गराउन पुनः ति साथीहरुलाई एकैठाँउ जोड्ने छु ।’ अहिले चुनाव पो जितिन्छ कि भनेर साथीहरु अर्कातिर लागेका छन तर मलाई बिश्वास छ क्याम्पसको विकास र हितका लागि पुनः एक भएरै काम गरिन्छ, उनले थपे ।

क्याम्पसमा अन्य संगठन भन्दा नेवी संघ बलियो उपस्थिति रहेकाले हाम्रो जीत सुनिश्चित रहेको त्रिलोकको दावी छ । यस क्याम्पसमा स्थापनाकाल देखी नै बन्द हड़ताल जस्ता पीड़ा आफनै आँखाले देखेको छू , प्राध्यापकको आन्दोलन र कर्मचारीको आफ्नै समस्याहरुले लामो पीड़ा भोगेको यस क्याम्पसमा शिक्षण पद्धति र नियमित अध्ययन अध्यापन सँगै गुणस्तरीय शिक्षा नै आफ्नो प्रमुख उदेश्य रहने उनले सुनाए ।

आफ्नै युनियनका साथी जो सधै हरेक अभियानमा सँगै थिए अन्तिम समयमा आएर अन्य संगठनबाट चुनाव उठ्नु भयो विद्यार्थीले कसरी त्यस्ता साथिलाई विस्वाश गर्ने ? त्रिलोकले प्रश्न गरे । उनको टिममा सचिवका लागि आनन्द कुमार द्विवेदी र कोषाध्यक्षमा शिवशंकर महतो (साह) उम्मेदवार छन् ।

साथै त्रिलोकका आलावा चुनावमा जनमत विद्यार्थी संघबाट सभापतिमा शशिकान्त मंडल, लोकतान्त्रिक विद्यार्थी संघबाट प्रवेश यादव, अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियनबाट रविकुमार साह, संयुक्त विद्यार्थी प्यानलबाट श्याम साह र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट प्रवास कौशिक (धिताल) नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन ।