एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ७ : सनातनी धर्म, संस्कृती र शिक्षाको रक्षाका लागि गठन गरिएको प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रिय कार्यसमितिको बैठक जनकपुरधाममा सम्पन्न भएको छ । विहिवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि परिषदले आफनो बैठक र त्यसले गरेका निर्णयहरु बारे जानकारी गराएको छ ।
परिषदका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले अगामि पुष १ देखि ११ गते सम्म परिषदले वृहत सदस्यता अभियान चलाउने देखि मानविय सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने सम्मको कुल आठ बुँदे निर्णयहरु सार्वजानिक गरेका छन् । परिषदका राष्ट्रिय अध्यक्ष गोपीनाथ कँडेलले आफुहरु कुनै पार्टीको विद्यार्थी संगठन नभई स्वतन्त्र रहेको र संस्कृती, परम्परागत नैतिक र संस्कृत शिक्षा सहितको रक्षाका लागि काम गर्ने बताए

पत्रकार सम्मेलनमा परिषदकी छात्रा राष्ट्रिय अध्यक्ष लक्ष्मी कर्ण, मधेश प्रदेश अध्यक्ष डा. शुष्मा तिवारी र राष्ट्रिय सचिव जानकी आर्चाय सहितको उपस्थिती थियो ।
यस्तो छ परिषदको बैठक र निर्णय बारे जारी विज्ञप्ती :




