एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ६ : पछिल्लो समय कोरोनाको कारण महामारी नियन्त्रणका ‘फ्रन्टलाइनर’हरुको नै मृत्यु हुन थालेको छ । केही दिन यता सुरक्षामा खटिएका प्रहरी र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको समेत मृत्यु हुन थालेको हो । यसै बिच नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्ज स्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक केसी महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।





