एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ :
मधेस सरकारले युवा नीति तयार पार्नकालागि सरोकारबलाहरुसंग छलफल अगाडि बढाएको छ । मधेसमा बढ्दै गईरहेको बेरोजगारी समस्या, युवाहरु कुलतमा फस्दै गईरहेको समयमा युवा नीति तयार पार्ने उद्देश्यले छलफल प्रकृया अगाडि बढाएको हो ।

मधेस सरकारले युवाहरुसंग सम्बन्धित नीति तयार पार्नका लागि छलफल अगाडि बढाइएको र छलफलबाट प्राप्त सुझावको आधारमा ड्राफ्ट तयार पारिने खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजीत यादवले जानकारी दिए । उनले छलफलका आधारमा मधेसमा युवालक्षित कार्यक्रम लागु गर्ने वा कानून बनाउन समिने बताए ।
छलफलमा प्रदेशसभा सदस्यहरु, मन्त्रालयका पदाधिकारी, विकास साझेदार तथा युवाहरुको उपस्थिति रहेको थियो ।