एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
पछिल्लो समय कपालको समस्या दिनदिनै बढिरहेको समयमा संजिवनी आदिवासी तेलले विशेष चर्चा पाईरहेको छ । उपभोक्ता माझ समेत चर्चित हुँदै गईरहेको संजिवनी आदिवासी हर्बल तेलको आधिकारीक डिलर जनकपुरधाममा संचालनमा ल्याइएको छ । सो डिलरको उदघाटन् एमाले नेतृ एवं पूर्व मन्त्री जुली महतोले रिबन काटेर गरिन् । उदघाटन कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, एमाले नेता शिवशंकर साह हिरा लगायतको उपस्थिति रहेको थियो ।

कैँचीधाम सप्लायर्स प्रा.लिले उपभोक्ताहरुको मागलाई ध्यानमा मधेस प्रदेशकै डिलरको रुपमा जनकपुरधाममा पसल संचालनमा ल्याएको संचालिका ज्योती शर्माले जानकारी दिइन् । उनले कपाल झर्ने, कमै उमेरमा फुल्ने चाया आउने समस्या अचेल सामान्य भईसकेकाले सो समस्यालाई ध्यानमा राखेर संजिवनी आदिवासी हर्बल तेलको डीलर आफूहरुले संचालनमा ल्याएको संचालक शर्माले बताइन् ।

भारतको कर्णाटकस्थित मैसुर जिल्लाको पंछीराजपुराका आदिवासीहरुले बनाउने यो तेल कुनै पनि केमिकल युक्त सामाग्रि वा यन्त्रको प्रयोग नगरी तयार पार्ने गरिएको बताइएको छ । यो तेलको प्रयोगबाट कपाल झर्न नदिने, चाया आउने, बिग्रेको कपाल मिलाउने, कपाल फूल्न नदिने, नयाँ कपाल उमार्न मद्दत गर्ने, कपाल फुट्ने समस्या आउन नदिने लगायतका विशेषता यो तेलमा रहेको नेपालकालागि सुपर स्टकिष्ट आतिश साहले जानकारी दिए ।





