एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : प्रदेश २ सरकारले प्रदेश चलचित्र तथा लोक सञ्चार प्रवद्र्वन बोर्डको सदस्यहरुमा क्रमश अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरेको छ । प्रदेश २ का सञ्चार मन्त्री समेत रहेका आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आज नव नियुक्त तिनैजना सदस्यहरुलाई नियुक्ती पत्र प्रदान गरेका छन् ।
यस अघि मन्त्री परिषदको बैठकबाट बोर्डको अध्यक्षमा यसअघि देशको चलचित्र विकास बोर्डको समेत अध्यक्ष रहि सकेका धर्मेन्द्र मरबैता (पप्पु) लाई नियुक्त गरिएको थियो । अध्यक्ष मरबैताको समेत उपस्थितीमा नव नियुक्त सदस्यहरु दत्त, यादव र पटेललाई नियुक्ती पत्र आज प्रदान गरिएको छ ।
दत्त गितकार, संगीतकार, साहित्यकारका साथै सञ्चारकर्मी समेत हुन भने यादव मोडलिङ्ग, अभिनय सहित कला र मनोरञ्जन क्षेत्रमा सक्रिय रहेकी छन् । पटेल मिथिलाको चर्चित हास्य कलाकार हुन । उनी हास्य विद्याका साथै विभिन्न चलचित्रमा मुख्य अभिनय समेत गरेका छन् । यस संगै बोर्डको चार सदस्सीय समितिको टुङ्गो लागेको छ ।





