पुरन रौनियार
जनकपुरधाम, बैशाख ६ :
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १३ पिडारी टोलका ३६ वर्षिय वद्रि राउत घरको न घाटको भएका छन् । करिव छ वर्ष पुर्व विदेश गएर खुव कमाउने सपना बोकेका उनले डेढलाख रुपैया Áण लिएर विदेश जाने पक्रिया थाले । हंसपुर नगरपालिकाको कठपुल्ला बस्ने म्यानपावरका दलाल दशरथ मण्डललाई डेढ लाख र पासर्पोट दुवै थमाए बद्री न विदेश जान पाए न त उनको पैसा नै र्फिता हुन सकेको छ ।

भिडियोमा हेर्नोस

https://www.facebook.com/spkhabarnepal/videos/268467031605718

मित्र धनुषा र सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको हेल्वेटासको सम्पर्कमा रहि कानुनी लडाई थालेको बद्रीको छ वर्ष देखिको प्रयास जारी रहेपछि राजनितिक पावरका कारण ति दलाल मण्डललाई कुनै कारवाही हुन सकेको छैन । बद्रीले ठगी गरेका मण्डललाई कानुनी दायरामा ल्याउन आफै पनि प्रयासरत छन् । बैदेशिक रोजगार विभाग काठमाण्डौं गएर उजुरी दिएपनि प्रहरीले अज्ञात रहेको भन्दै कुनै सुनुवाई गरेन । त्यस पछि बद्रीले आफै मण्डललाई पक्रेर प्रहरीको जिम्मा लगाए तर मण्डल तारिखमा छुटन सफल भयो ।

अब बद्रीको कुनै शिप नचलिरहेको बद्री स्वयम आफै, मित्र धनुषाका अभियानी र आप्रवासी हकहित संरक्षण मञ्चको भनाई छ । मण्डललाई राजनितिक दलका नेताहरुको प्रत्यक्ष संरक्षण छ । मित्र धनुषाले बैदेशिक रोजगार सम्बन्धी विविध विषयमा छलफल गर्न पत्रकारहरुलाई बोलाएको समयमा उपस्थित भएर बद्री सवै दुःखेको सुनाए र गहभरी आँसु झारे ।

वैदेशिक रोजगारीका लागि दलालका चक्करमा फसेका उनी घरवार विहिन हुनुका साथै साहुको ऋण तिर्न नसकेपछि प्रशासनीक पिडापनि खेप्न वाध्य भएका छन । आफना भाइ लगायत अन्य साहुसंग लिएको ऋण अहिले आएर दोब्बर परिमाणमा परिणत भएको छ । ऋण तिर्नका लागि उनले भएभरका घर खेत सबै विक्री गरे तरपनि अहिले सम्म सम्पुर्ण रकम तिर्न नसकेपछि साहुले आफनो ऋण तिर्नकालागि दवाव स्वरुप प्रहरीमा निवेदन दिएपछि प्रशासनीक समस्यामा पनि उनी फसेको दुखेसो पोखेका छन ।

धनुषा नेपालमै सर्वाधिक बिदेशिने जिल्लाहरुमा अग्रस्थानमा रहेको छ । तर सुरक्षित बैदेशिक रोजगारका लागि राज्यको कुनै सुविधा प्रदेश र स्थानीय स्तरमा छैन । कुनै पनि सानो तिनो काम गर्न काठमाण्डौं धाउनुपर्ने बाध्यताले पिडितहरुको बिचल्ली हुने गरेको धेरै प्रमाण सम्बन्धित निकायहरुसंग र हामी संग छ । तर पनि राज्यको निकाय मौन छ । देशको कुल गृहस्तीमा २८ प्रतिशत योगदान दिइरहेको रेमिटान्स भित्रयाउने ति कर्म र परिश्रमजिवीहरुको पिडा तथा समस्या समाधानमा पहलकदमी लिन नसक्नु राज्यको निक्कमापन हो भन्दा फरक नपर्ला ।