एसपी रिपोर्टर
जनकपुरधाम, पुष १८ : शहरी विकास मन्त्री प्रभु साहको गाडीबाट ठक्कर दिइएको व्यक्ति स–कुशल रहेको मन्त्री साहको सचिवालयले जनाएको छ । पुर्व पश्चिम राजमार्गमा गतीमा रहेको गाडी अगाडिबाट अचानक दुग्रदै बाटो काटेका लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङ्ग घाइते भएका थिए ।
मन्त्री सचिवालयका विजय यादव निर्विजका अनुसार तामाङ्गको अवस्था समान्य रहेको र उनको उपचार भइरहेको छ । मन्त्री साहले समेत उपचारार्थ तामाङ्गको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा कुनै कसर वाँकी नराख्न अस्पताल प्रशासनलाई सचिवालयका सदस्यहरुलाई नै अस्पताल पठाएर आग्रह गरिएको छ ।

सचिवालयका सदस्यहरुका साथै मन्त्रीका शुभेच्छुक संतोष राज सहनी सहितकाहरु अस्पताल पुगेर तामाङ्गको अवस्था बारे बुझेका छन् । सर्लाहीको हरिवन स्थित स्वाभिमान अस्पतालमा मन्त्री साहको सचिवालयका साथै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, पूर्व सांसद हरि उप्रेती, नेता राजकुमार यादव लगायत समेत पुगेर घाइते तामाङ्गको अवस्था र उपचारका बारेमा बुझदै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।





