एसपी रिपोर्टर
जनकपुरधाम, पुष १२ : ‘घुमौँ सौराहा’ अभियान लिएर चितवन सौराहाका होटल व्यवसायीहरु जनकपुरधाम आए । कोरोना कहरबाट सौराहाको होटल र पर्यटन व्यवसाय धारासायी भएपछि त्यसको पुर्नताजगी र उत्थानका लागि त्याहाँका होटल व्यवसायी र पर्यटन व्यवसायी मात्र नभई चितवन जिल्ला समन्वय समितिका प्रमुख, स्थानिय सरकारको तर्फबाट रत्ननगर नगरपालिकाका मेयर सहितको टोली जनकपुरधाम आएर सौराहा घुम्न आउनोस भन्दै भरपुर प्रचार प्रसार गरेका छन् ।

शनिवार जनकपुरधामको एक होटलमा धनुषाका जिसस प्रमुख सहित, होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, व्यापारी सहित समाजका अगुुवाहरुलाई राखेर अभियानकै रुपमा जनकपुरधाम आएका उनीहरु सौराहको विशेषता मात्र दर्शाएनन, अहिले घुम्न आउनेका लागि दिइने गरेको सेवा सुविधा र सहुलियतका बारेमा समेत प्रष्ट पारे ।

चितवनका जिसस प्रमुख र रत्ननगर नगरपालिकाका मेयर त एति सक्रिय थिए मानिलिउँ उनको सवै थोक सौराहा र पर्यटक नै हुन । उनीहरुका अनुसार उनीहरुले जनकपुरधामलाई सौराहासंग जोडेर बससेवा सञ्चालनका लागि समेत पहलकदमी सहितका विषयमा कार्यक्रममा जनकपुरधामका मेयरलाई पनि बोलाएका थिए तर आफुहरुको मशाल जुलुश रहेको भन्दै उनी नआएको रत्ननगरका मेयरले मञ्चमै सुनाए ।

उनले भने, ‘आन्दोलन के का लागि स्मृद्विका लागि हो भने त यो कार्यक्रम पनि एक आन्दोलन नै हो ।’ वक्ताहरु बोलिरहँदा कार्यक्रममा सहभागिहरुलाई त्यहाँका होटल र रिसोर्ट व्यवसायीहरुले आ–आफनो होटलको विशेषता झल्किने पर्चा पम्पलेटहरु वितरण गरिरहेका थिए । उनीहरु सातवटै प्रदेशको राजधानी पुग्ने अभियानमा छन् । जस्मा उनीहरुलाई नेपाल टुरिजम बोर्ड, रत्ननगर नगरपालिका र जिल्ला समन्वय समितिले सहयोग गरिरहेको छ ।

जनकपुरधामका एक जना सहभागीले भन्दै थिए, ‘जनकपुरधामको लागि खोइ त यहाँको नगरपालिका र जिससले गरेको ? न त होटल व्यवसायीलाई नै कुने चिन्ता छ ।’ सौराहा र जनकपुरधाम प्रतिको उनीहरुको लगावकै कारण आज उनीहरुलाई जानकी मन्दिरमा जनकपुरधाम उद्योग बाणिज्य संघले सम्मान र बिदाँई गरेको छ । साथै हिजोको कार्यक्रममा सहभागि जउनपा वडा नं. ७ का अध्यक्षले समेत उनीहरुलाई वडा कार्यालयमा बोलाएर जनकपुरधामवासीको तर्फबाट सम्मान र बिदाई गरेका छन् ।





