एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ :
लक्ष्मीनियाँ गाउँपालिकाको सिनुरजोडामा दलित तथा विपन्नहरुलाई न्यानो कपडा वितरण गरिएको छ । आइतवार लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं. २ सिनुरजोडा का ईन्जिनियर रामचन्द्र साहले आफ्नो स्वर्गीय हजुरबुवा बिलट साहको स्मृतिमा आफनै गाउँका करिव २ सय जना बिपन्न परिवारका सदस्यहरुलाई जाडोमा आवयश्क पर्ने ओढने साल हस्तान्तरण गरेका छन्न् ।

समाजसेवामा रहेका कारण उनले आफ्नो निजी लगानीमा समाजका गरिव तथा दलितलाइ विभिन्न किसिमले सहयोग गर्दैैै आएका छन् । सोहि ठाँउमा रहेको श्री बिलट साह सर्बोदय माध्यमिक विद्यालय सिनुरजोडा लक्ष्मीनियाँका पुर्व व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ई. साहले विद्यालयमा न्यानो साल वितरण गरेको हो ।

कार्यक्रममा सिनुरजोडा गाविसका पुर्व अध्यक्ष रघुनाथ प्रसाद साह, सञ्जिव, डा. अवधेश कुमार साह, लालजी साह सहित स्थानियवासीहरुको उपस्थिती थियो ।