एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१: जनकपुरधाम स्थित प्रतिष्ठित रौनियार सेवा समितिको नयाँ कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन्। मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवको प्रमुख आतिथ्यतामा शनिबार एक भव्य समारोहका बीच अध्यक्षमा निर्वाचित लालबाबु साहको नेतृत्वमा नव निर्वाचित १५ जना पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण, प्रमाणपत्र ग्रहण तथा पदभार ग्रहण गरेका छन्।
उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। समारोहको अध्यक्षता सेवा समितिका गडफादर तथा नेपाल रौनियार महासंघका अध्यक्ष समेत रहनुभएका वरिष्ठ संरक्षक शिवनाथ साह रौनियारले गर्नुभएको थियो। निर्वाचन समिति संयोजक श्रवण कुमार शाह तथा निर्वाचन अधिकृत अधिवक्ता सन्त कुमार क्षेत्रीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि सभामुख रामअशिष यादवले रौनियार सेवा समिति जनकपुरधामका हरेक संघ-संस्थाहरूले सिक्दै आएर स्थापित भएको बताउनुभएको थियो। सेवा समितिको स्थापनादेखि अहिलेसम्मको विरासतमा योगदान पुर्याउनुभएका अग्रजहरूको प्रशंसा गर्नुहुँदै उहाँले अग्रज अभिभावकहरूको मन दुखाएर नयाँ सन्ततिको हित हुन नसक्ने बताउनुभयो।
समारोहमा विभिन्न स्वजातिका अगुवाहरू, विभिन्न क्षेत्रका अगुवाहरू, कांग्रेस धनुषाका उपसभापति गणेश झा, समाजसेवी अमरचन्द्र अनिल, सर्लाही मलंगवाका समाजसेवी सञ्जय गुप्ता, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत नीरज श्रीवास्तव सहित रौनियार समुदायको झापाको बिर्तामोडदेखि वीरगञ्जसम्मका विभिन्न शहरस्थित रौनियार सेवा समितिका पदाधिकारीहरूको उल्लेख्य सहभागिता थियो।

नव निर्वाचित कार्यसमिति तस्बिरमा, नामहरू तल उल्लेखित छन्:






