एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ :
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ ले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्रिपरिषद् विस्तारसँगै युवराज भट्टराई लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै लखनदास तत्मा लाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै शारदादेवी थापा लाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मनोज कुमार सिंह लाई श्रम तथा संस्कृति मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी नागेन्द्र साह स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । मोहम्मद समीर लाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनी विना विभागीय मन्त्रीका रूपमा सरकारमा रहेका थिए ।
दलगत भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जना मन्त्री सरकारमा सहभागी भएका छन् भने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी बाट एक–एक जना मन्त्री नियुक्त भएका छन् ।