एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ : जनकपुरधामको अदालत सहिततका क्षेत्रलाई सफा, सुरक्षित र सुन्दर नमुना क्षेत्र बनाईने छ । जस्का लागि उच्च अदालत सहितका सरकारी अड्डा जाने बाटोको बृहत सरसफाई अभियान थालनी गरिएको छ । संयुक्त सरसफाई चलाउँ, स्वच्छ, सफा, नमूना मार्ग बनाउँ नारा सहित उच्च अदालत जनकपुरको अगुवाई सरसफाई अभियान चलाइएको हो । उच्च अदालतका साथै सो बाटोमा जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल बार एसोसिएसन सहितका कार्यालयहरु रहेका छन् ।
सेवाग्राहीलाई सुविधा होस भन्ने उद्देश्यले सरसफाई अभियान चलाइएको उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले बताउनु भयो । उहाँले यो मार्ग भएर दैनिक हजारौ सेवाग्राही पुग्ने भएकाले कार्यालय परिसर तथा कार्यालय पुग्ने मार्गलाई सफा स्वच्छ राख्ने उद्देश्यले कार्यालय प्रमुखहरुका साथै वडाध्यक्षसंग समन्वय गरेर सरसफाई अभियान चलाइएको उहाँले बताउनु भयो ।

यो अभियानले धार्मिक नगरी जनकपुरधामका अन्य वडाले पनि पाठ सिकोस हाम्रो ध्येय रहेको उहाँको भनाई थियो । सरसफाईमा उच्च अदालत, धनुषा जिल्ला अदालत, सरकारी वकिल कार्यालयका सम्पूर्ण न्यायाधीश र कर्मचारीहरु, बार एसोसिएसन तथा अधिवक्ताहरू, नेपाल पत्रकार महासंघ धनुषा, जिल्ला प्रहरी कार्यालय सहित प्रशासनिक निकायका प्रमुखहरू विभिन्न वडाका कार्यालय प्रमुखहरु, कर्मचारीहरुका साथै जनकपुरधाम वडा नं. ४ का वडाध्यक्ष सुरेश झा सहितको उपस्थिति रहेको थियो ।





