एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ । संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ÚथलोÚ बन्यो । सामान्यतया राजनीतिक भेटघाटहरूमा देखिने …प्रोटोकलÚ र औपचारिकता यो बैठकमा कतै देखिएन ।
प्रधानमन्त्री शाहले अपनाउनुभएको …इन्टरएक्टिभÚ शैलीले मुख्यमन्त्रीहरूलाई चकित मात्र तुल्याएन, उहाँहरूमा एउटा नयाँ उत्साह समेत भरिदियो । छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना समस्या राख्दै गर्दा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बीचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस छेड्ने गर्नुभयो।
प्रधानमन्त्री शाहको यो …एक्सन–ओरिएन्टेडÚ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विना संकोच राख्नु त भयो नै, आफ्ना समस्या प्रधानमन्त्री शाहलाई सुनाउन उहाँहरूबीच प्रतिस्पर्धा नै भयो । दुवै पक्षबाट बीचबीचमा उत्पन्न जिज्ञासा र तत्कालको प्रतिउत्तरले गर्दा छलफल निकै अर्थपूर्ण र नतिजामुखी बनेको थियो ।
प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्यालाई केवल …नोटÚ मात्र गर्नुभएन, कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपाय समेत सुझाउनुभयो । नीतिगत गाँठाहरू फुकाउन संघ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, æसंघ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ ।
त्यसैले तपाईंहरूलाई आफैँले छलफलका लागि राजधानी बोलाएको हो।Æ साथै, प्रधानमन्त्री शाहले प्रदेश आफैँले तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गर्नुभयो । यस्तै उहाँले बजेट बिनियोजन गर्दा कुनै पनि विभेद नगर्ने स्पष्ट पार्नु भयो । बैठक सकेर बाहिरिँदै गर्दा मुख्यमन्त्रीहरूको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। बाहिर प्रधानमन्त्री शाहका बारेमा सुनिने चर्चा र हल्लाभन्दा ठीक विपरीत, उहाँलाई अत्यन्तै …सुन्ने, बोल्ने र तत्कालै सबै कुरा बुझ्नेÚ व्यक्तिका रूपमा पाएको भन्दै उहाँहरूले खुसी व्यक्त गर्नुभयो ।





