एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
प्रधानमन्त्री सुशिला कार्की चैत ६ गते जनकपुरधाम आउन लागेकी छन् । अन्तरिम सरकार सम्हाले यता प्रधानमन्त्री कार्की पहिलो पटक जनकपुरधाम आउन लागेकी हुन् । उनी चैत ६ गते जनकपुरधाम आउन लागेको मधेसका गृह संचार तथा कानून मन्त्री फकिरा महतोले पुष्टी गरे ।
गत फागुन २१ गते मुलुकमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात प्रधानमन्त्री कार्की विभिन्न मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । जनकपुरधाममा पनि उनले जानकी मन्दिर पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्की जनकपुरधाम आउने भएपछि मधेसको गृह संचार तथा कानून मन्त्रालय, सुरक्षा निकायका पदाधिकारी उनको भ्रमणको तयारीमा लागेका छन् ।





