एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ :
नेकपा एमाले धनुषा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिसमा ठुलै रस्साकस्सी चल्दै अन्तत: १९ जनाको नाम सिफारिस भएको छ । स्रोतका अनुसार सो क्षेत्रका लागि उम्मेदवारमा हाल धनुषा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य समेत रहेकी जुली कुमारी महतोको नाम प्रस्ताव भएपछि रामचन्द्र मण्डल समुहले बबाल गरेका थिए ।

मण्डल मधेश प्रदेशसभाका निवर्तमान सभामुख हुन । उनी अव प्रतिनिधिसभामा आफनो दावी गरिरहेका छन् । धनुषाधाममा भएको बैठकमा महतोको नाम प्रस्ताव भएपछि मण्डल समुहले होहल्ला गर्न थालेको र घण्टौको रस्साकस्सी पछि पार्टीका शीर्षनेता ईश्वर पोखरेल सहित १९ जनाको नाम सिफारिस भएको बताइएको छ ।

अन्ततः नाम सिफारिस हुनेमा सविता यादव, रामसिंह यादव, रामचन्द्र मण्डल, किशोरी साह कमल, असर्फी भिनवाह, जुली कुमारी महतो, राजकिशोर यादव, रेणु देवी झा, सिपी यादव, उमाशंकर गरगरिया, सरोज कुमार यादव, ई. केदार अधिकारी, ईश्वर पोखरेल समेतको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।