एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ :
गत पुष ४ देखि ७ गते सम्म जनकपुरधाममा आयोजित नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल हुँदा जनकपुर जेसीजका युवाहरु उत्साहित देखिएका छन् । चार दिवसीय अधिवेशन सफलता पूर्वक सम्पन्न भएकोमा देशै भरिका जेसीज आवद्ध युवाहरुको प्रशंसा पाएको आतिथ्य कर्ता जनकपुर जेसीज पत्रकार सम्मेलनको आयोजना गरि आयोजन बारे स्पष्ट पारेका छन् ।

शनिवार जनकपुरधाम स्थित जेसीज भवनमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनका निर्देशक सुधिर पजियारले १९७६ मा स्थापना भएको जनकपुर जेसीजले पचास वर्षको आफनो यात्रामा यस वर्ष पाँचौ पटक महाधिवेशनको आयोजना गरि देशै भरि प्रशंसा कमाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले आयोजनामा सहयोग गर्ने सम्पुर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् ।

पत्रकार सम्मेलनमा आयोजनामा कुल १ करोड ८५ लाख खर्च भएकोमा १ करोड १० लाख दर्ताबाट संकलन भएको र वाँकी बक्यौता रकमहरू संकलन भए आयोजनमा घाटा नहुने भन्दै जनकपुर जेसीजका पदाधिकारी र सदस्यहरु हर्षित छन् ।

आयोजनमा मुख्य भुमिकामा रहेका गौतम कुमार साह, राज कुमार साह, मनोज कुमार साह सहित पत्रकार सम्मेलनमा उपस्थित युवाहरु आफुहरुको आयोजना र त्यसमा देखिएको सक्रियताको देश भरिमै सराहना भइरहेकोमा गर्व लागेको बताए । जनकपुर जेसीज १९७६ का अध्यक्ष तथा सल्लाहकार रमेश प्रसाद साहले जेसीजको स्थापना देखि उद्देश्य बारे प्रकाश पार्दै जनकपुर जेसीजका बारेमा पनि बताएका थिए ।