एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २ :
हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ । हनुमान जयन्ती अन्य वर्ष झैँ साधु सन्त तथा भक्तजन भगवान हनुमानको पूजा तथा अराधना गरी हनुमान जयन्ती मनाएका छन् ।

हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रमको आयोजना गरी मनाई रहेको मिथिलाञ्चल सांस्कृतिक कला परिषदका अध्यक्ष शम्भु साहले बताउनु भयो ।
यस अघि परिषदले रेल्वे स्टेशनस्थित हनुमान मन्दिरबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको थियो । सो शोभा यात्रामा मधेसका प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादवको पनि सहभागिता रहेको थियो ।

परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताउनु भयो । विगत १५ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ ।





