एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ :
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशसभाको रोष्टमबाटै आफनो राजिनामाको घोषणा गरेका छन् । मार्ग प्रसस्त गर्न भन्दै उनले राजिनामा घोषणा मात्र गरेनन् रोष्टमबाटै आफनो पार्टी जनमत र पार्टी अध्यक्ष सिके राउतलाई सांकेतिक रुपमा विभिन्न आरोप समेत लगाएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलवार प्रदेशसभामा विश्वासको मत सामना नगरि रोष्टमबाटै राजिनामाको घोषणा गरेका छन् । उनले आफनो अन्तिम बक्तब्यको अन्तिममा राजिनामाको घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सुचना जारी नहुन्जेल सम्मका लागि प्रदेशसभाको बैठक स्थगित को घोषणा गरे अव मधेशमा नयाँ सत्ताको लुचाछोरी सुरु हुने भएको छ ।

लिखित बक्तव्य पढेर सुनाएका मुख्यमन्त्री सिंहले राजिनामा मात्र दिएनन डा. सिके राउत र उनी नेतृत्वको पार्टी जनमतलाई विभिन्न चेतावनी र चुनौती पनि दिएर पद छोडेका छन् । आफु मुख्यमन्त्री बनेकै दिन देखि जनमत पार्टी मधेशका संसदिय दलका नेता महेश यादव कांग्रेससँग मिलेर षडयन्त्र सुरु गरेको देखि लोकतन्त्रमा जनता भगवान हुनुपर्नेमा कार्यकर्ताबाट आफैलाई भगवान भन्न लगाएको भन्दै डा. सिके राउत प्रति उनी कटाक्ष गरेका छन् ।

मुख्यमन्त्रीले त्यती मात्र भनेनन्, उनले डा. सिके राउत प्रवृति भगवान नभएर दल संगठनका लागि रोग भएको समेत टिप्पणी गर्न भ्याए । उनले जानकीको नगरिमा गरेको पाप कतै पनि मेट्न नसकिने भन्दै आफैले मुख्यमन्त्री बनाएको व्यक्ति आफु भन्दा लोकप्रिय भइरहेको देखेर आफु विरुद्व षडयन्त्र भएको आरोप लगाउँदै डा. राउतलाई भारी पर्ने सांकेतिक चेतावनी दिएका छन् ।

यसको अर्थ डा. राउतसँगै सोहि क्षेत्रमा प्रदेश सांसदमा लडेर जितेका मुख्यमन्त्री सिंह डा. राउतको अगामी चुनावी प्रतिस्पर्धी र चुनौती बन्न सक्ने संकेत गरेका छन् । मुख्यमन्त्रीको बर्हिगमण संगै अव मधेशको नयाँ नेतृत्वका लागि दाउपेच सुरु भएको छ । यसअघि जनमतका १३ र आफना ४५ सहित कांग्रेस एमालेले कांग्रेसको नेतृत्वका लागि दावी पेश गरिसकेको छ भन्ने पार्टीको कार्यक्रमहरुको क्रममा जनकपुर रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्त ठाकुरले केहि नयाँ समिकरण बनाउन सक्ने अडकल वाजी हुन थालको छ ।

हेर्नोस् मुख्यमन्त्रीको बक्तब्य जस्ताको त्यस्तै