एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ : रास्वपा छोडेकी पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले वर्तमान सरकारमा षडयन्त्र गरिरहेको खुलेको छ । काठमाण्डौं स्थित जेनजी युवाहरुले एसपी खवरलाई दिएको जानकारी अनुसार पार्टी छोडेकी सुमना मन्त्री बन्ने प्रवल सम्भावनामा रहेका आन्दोलनका अगुवा मधेशी जेनजी युवाहरु शिव यादव, बब्लु गुप्ता र पुरुषोतम यादव सहितकालाई रोकेर आफना योजना अनुसारको चेहरा ल्याउने षडयन्त्रमा जुटेकी छन् ।
नाम नखोल्ने सर्तमा एक युवाले भने, ‘हाम्रो आन्दोलन र मेहनत अव विक्रि हुने खतरामा छ, जेनजी युवाहरुले मधेशको प्रतिनिधिका रुपमा तीनैजना युवाबाट मन्त्री बनाउन सहमत रहँदा रहदै पुर्व मन्त्री सुमना अवरोध गरिरहेको र आफुले चाहेकोलाई मन्त्री बनाउन लागि परेको हो ।’
विदेशी शक्तिको आडमा सुमना परिचालित रहेको र यस्तो गरिरहेको भन्दै युवाहरुले षडयन्त्र भए आफुहरु अर्को विद्रोहमा उत्रने चेतावनी दिएका छन् । सुमनाले स्नातकोत्तर गरेका शिव, बब्लु र पुरुषोतमलाई किन ल्याउने भन्दै आन्दोलनका अगुवाहरु विरुद्व षडयन्त्र गरिरहेको र आफनो स्वार्थ अनुसारको पात्र मन्त्री परिषदमा प्रवेश गराउन मन्त्री बनिसकेका मध्ये केहिसंग मिलेर काम गरिरहेको उनीहरुको दुखेसो छ । उनको यस कार्यमा भावना राउतको पनि संलग्नता रहेको जानकारी उनीहरुले गराएका छन् ।
यद्यपि प्रधानमन्त्री कार्की जेनजी युवाहरुलाई ल्याउन सकारात्मक रहेको बताईन्छ ।





