एसपी रिपोर्टर
जनकपुरधाम , भदौ ९ :
मधेस सरकारले मधेस प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानलाई गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको छ । मधेसको गृह सञ्चार तथा कानून मन्त्रालयले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानलाई स्रोत साधन सम्पन्न बनाउने योजना अनुरुप गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको हो ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह संञ्चार तथा कानून मन्त्री राजकुमार लेखी गाडी तथा मोटरसाइकल मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक उमा प्रसाद चतुर्वेदीलाई हस्तान्तरण गर्नुभयो ।
गाडी तथा मोटरसाइकल हस्तान्तरण गर्दै मन्त्री लेखीले पछिल्लो समय सुरक्षा निकायले अपेक्षा गरे अनुरुप काम गर्न नसकेको गुनासाका बीच मनोबल बढाउने उद्देश्यले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरिएको बताउनुभयो ।
मधेस प्रदेश प्रहरीका प्रहरी नायव महानिरिक्षक उमा प्रसद चतुर्वेदीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रदेश सरकारले उपलब्ध गराएका गाडी तथा मोटरसाइकलहरु उपयोगी साबित हुने बताउनु भयो । उहाँले आउने २÷३ वर्षमा मधेस प्रदेश प्रहरी साधन स्रोत सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रि अनुसन्धानलाई १२५ सीसीको २१ मोटरसाइकल, इलेक्ट्रीक कार २टा र इलेक्ट्रीक पिक अप ३ वटा हस्तान्तरण गरेको हो ।