काठमाडौं , भदौ ८ :
नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याइने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको उल्लेख गर्दै यस एजेन्डालाई सरकारले प्राथमिकतामा राखेको बताए ।
उनले संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक हुने भएकाले सबै राजनीतिक दलसँग छलफल गरेर सकेसम्म सर्वसम्मत प्रस्ताव अघि बढाइने स्पष्ट पारे । साथै, संविधान संशोधनका एजेन्डा आम जनतासँग पनि छलफलमा लैजाने प्रतिबद्धता जनाए ।





