एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ :
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ३० गते मधेश प्रदेश प्रहरीको नवनीर्मित कार्यालयको भवन उद्घाटन गर्ने भएका छन् । मधेश प्रदेश सरकारको झण्डै २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अत्याधुनिक भवनको प्रधानमन्त्री ओलीले उदघाटन गर्न लागेको मधेसको गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले जानकारी दिए ।
प्रहरीको विभिन्न शाखाहरू रहने यो भवन बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिएको हो । अहिलेसम्म भाडाको भवनमा कार्य संचालन गर्दै आएको प्रदेश प्रहरी अब आफ्नै कार्यालयमा सरेपछि काम गर्ने क्षमतामा सुधार आउने विश्वास प्रदेश सरकारले लिएको छ ।
भवनको शिलान्यास प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले गरेका थिए, र सो भवन तोकिएको समयमै निर्माण सम्पन्न भएको हो ।