एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ :
जनकपुरधाममा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि विजयादशमीको अवसरमा दशैं सस्तो बजार सञ्चालनमा आएको छ । विहिवार घटस्थापनाको दिन मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बजारको समुदघाटन गरेपछि बजारको शुभारम्भ भएको छ । दैनिक उपभोग्य घरायसी सरसमान देखि लत्ता कपडाहरु एकै छातामुनि उपलब्ध भएर ग्राहकलाई सहजता होस भन्ने अभिप्रायले सुरु भएको मेला बजार विजयादशमी सम्म लाग्ने छ ।

मुख्यमन्त्री सिंहले जनकपुरधाम राजधानी भएकाले आगन्तुकको सहजता र शुलभताले मात्र पर्यटक आकर्षित हुने बताए । आयोजक जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले ग्राहकहरुको शुलभता र उत्पादन तथा सरसमानको गुणस्तरीयतामा ध्यान दिन स्टलका व्यापारीहरुलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहले आमन्त्रण दिन गएका बेला जनकपुरधाम मंहगो भएको र सादा खानाको दर ४ सय भन्दा माथी भएको गुनासो पोखेको तर्कमा अध्यक्ष भणडरीले सादा खानाको दर कहि पनि त्यस्तो नरहेको सादाखानामा मटरपनिर सहितका अतिरिक्त परिकारले त्यो रेट लागेको बताउदै आजको बजारमा बतानुकुलित रेष्टुरेन्टमा मटरपनिर खानाको चार सय बढि भएको भन्नु जनकपुरधामलाई बदनाम गर्ने काम रहेको बताए ।

प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले कसैलाई नेता बनाईदिएर मात्र जनकपुरधामको विकास हुन नसक्ने बताउदै नेतालाई समर्थन र सहयोग पनि गर्नुपर्ने बताए । पुर्व प्रदेशसभा सदस्य परमेश्वर साहले जनकपुरधाम विकासका लागि यस अघिको सरकार र प्रदेशसभाले गरेका सार्थक कामहरुलाई निरन्तरता नदिईनु उदासिनता रहेको गुनासो गरेका थिए ।