एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : रमण कन्ष्ट्रक्शन प्रा.ली.का पुर्व सञ्चालक समेत रहेका जसपाका नेता बलराम महतो जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा निर्वाचितहरुलाई सम्मान गर्दै बधाई ज्ञापन गरेको छ ।

रमण टावर मुजेलियामा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि महतोले जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित सुरेन्द्र भण्डारी सहित सम्पुर्ण पदाधिकारी र सदस्यहरुका साथै निर्वाचन समितिका अध्यक्ष ललित साह सहित समितिका प्रतिनिधीहरुलाई पनि सम्मान र बधाई ज्ञापन गरेको छ ।
जनकपुरधामको पिडारीचौकको पार्क निर्माण, सुडी कुट्टीको भवन निर्माण, जनकपुरधाम उद्योग बाणिज्य संघमा करिव एक दर्जन रेफरीजेरेटर (एसी) सहयोग सहित विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै जनकपुरधामका समाजसेवी समेत रहेका महतो जनकपुरधामको मेयर प्रत्यासी पनि हुन । पराजित भएपनि व्यापक चर्चा र लोकप्रिय मत ल्याएका उनलाई पुनः मेयरमा चुनाव लडन चौतर्फी दबाब आइरहेको भएपनि उनी जसपामा आवद्व रहेकाले पार्टीको निर्णय अनुसार अगाडि बढने बताइरहेका छन् ।





