एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ :
जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भदौ २९ गते निर्वाचन हुदैछ । निर्वाचनको कार्यतालिका अनुसार भदौ १३ गते आज भोली हुने मनोनयन दाखिलाका लागि फारम मनोनयन पत्र वितरणको काम भइरहेको छ । विहान १० देखि ४ बजे सम्म मनोनयन पत्र वितरणको समयसिमा तोकिएको छ ।

निर्वाचन समितिका अध्यक्ष तथा जउबासंघका पुर्वअध्यक्ष समेत रहेका ललित कुमार साहका अनुसार पदाधिकारी र विभिन्न तर्फको सदस्यहरु गरि कुल १७ पदमा मतदान हुने छ । जस्मा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष र महिला उपाध्यक्ष १÷१, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ रहेको छ भने एशोसिएट सदस्य १, सम्वद्व सदस्य १, कार्यसमिति सदस्य ६ र संगठित सदस्य २ जना हुने गर्दछ ।

यद्यपि संघको पूर्ण कार्यसमिति २१ सदस्यको हुन्छ । १७ जना निर्वाचित भएर आएका, एकजना निवर्तमान अध्यक्ष र नव निर्वाचित कार्यसमितिले एक उद्योग उपाध्यक्ष एक महिला अनिवार्य सहित दुईजना सदस्य गरि कुल तिनजना थप मनोनित गरि संघको कुल २१ सदस्सीय कार्यसमिति हुने गरेको छ ।

यस पटकको निर्वाचनमा कुल ४ हजार ७६ मतदाता रहेको निर्वाचन समितिका अध्यक्ष ललित कुमार साहले बताए ।