एसपी रिपोर्टर
जनकपुरधाम, असार १ :
नेपाली कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधीले मन्त्री मण्डल पुर्नगठनमा आफनो अनुकुल नभएपछि सत्ताका लागि एमालेको कित्तामा भागेको आरोप लगाएका छन् ।

जनकपुरधाममा नेपाली कांग्रेसको प्रशिक्षण शाखाले आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको समुदघाटन गर्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधीले कांग्रेस संगको सरकारको एक वर्ष पछि प्रधानमन्त्रीले मन्त्री मण्डल पुर्नगठन गर्न चाँहदा कांग्रेसले नमानेपछि सत्ता गठबन्धन टुटेको बताएका छन् ।

सत्ताका लागि हरेक दल प्रयासरत रहने गरेको भएपनि अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेस जनताको हितका लागि एक सरकार सरहनै काम गरेर जनताको सहानुभुतिका लागि अग्रसर हुन पर्ने उनले बताए ।

डा. डिला संग्रौला सहित केन्द्रिय नेताहरुले प्र्रशिक्षण दिने कार्यक्रमको समापनमा नेता डा. शेखर कोईरालाले प्रमाणपत्र वितरण गरेका छन् ।