एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
मधेश सरकारको शुक्रवार गठित नयाँ मन्त्री परिषदको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/1525297041388817

मुख्यमन्त्री सिंह सहित मन्त्रीहरुको सपथ ग्रहण संगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषदको बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेकोमा प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको हो ।

मधेश सरकारुको गृह मन्त्रालय मातहत रहेको शहिद प्रतिष्ठान मार्फत शहिद परिवारहरुका लागि राहत र वृतिविकास तथा संघियता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंह लक्षित कार्यक्रमहरु ल्याउने घोषणा सहित मुख्यमन्त्रीले गरेको पहिलो निर्णयहरु