एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिन होरी महोत्सवमा भएको होरैया प्रतिस्पर्धामा सहभागी कुल टिम मध्ये पोखरभिण्डा प्रथम, बलहा गोठ महिला टिम दोस्रो र कटैया तेस्रो भएका छन् । उनीहरुलाई ट्रफी, डम्फा सहित सम्मान गरिएको छ । प्रथम हुने टिमलाई ६ तोला चाँदीको मेडल, दोस्रो हुने टिमलाई ४ तोला चाँदीको मेडल र तेस्रो हुने टिमलाई ३ तोला चाँदीको मेडलले पुरस्कृत गरिएको हो ।

त्यस्तै मिर्जापुर सर्लाही तथा थारु कल्याणकारणिी सभा सप्तरीलाई २५ सय नगद सहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ । विभिन्न जिल्लाका हौरैया समूहको सहभागितामा होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।







