एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्या काण्ड बारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहालले बिचार नपुरयाएको बताएका छन् । जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पर्व प्रधानमन्त्री समेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तिमा आफुसंग प्रधानमन्त्रीले सल्लाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भने, ‘गिरिजा बाबु त म संग बिना सल्लाह नगरि यस विषयमा बोल्नु हुन्थ्एन वहाँ कसरी अचानक बोल्नु भयो खै ।’ एमाले अध्यक्ष केपि ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नु भयो नि ? भन्ने प्रश्नमा उनले ओली जी पछि गृह मन्त्री र प्रधानमन्त्री समेत हुनुभएकाले सुचना पाएरनै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पनी गर्नुभएको छ । उनले ओलीले वंश वाँकी रहेकाहरु तर्फ संकेत गरेको स्पष्ट पारे ।

राजतन्त्र असमसान घाटको मुर्दा भइसकेकाले भन्दै उनले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी दिए । नेपालले वर्तमान संघिय सरकारको एक वर्षको कामहरुको समिक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताए । उनले सरकारको कामको समिक्षा हुनुपर्ने यद्यपि गठबन्धन पाँचै वर्ष चल्ने र कसैले बिर्गान नसक्ने ठोकुवा पनि गरेका छन् । प्रधामन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु गरिरहनु भएको भन्दै उनले कस्को नेतृत्व कति वेला भन्ने कुराबारे भने, ‘परदे मे रहने दो पर्दा न उठाओ’





