एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ :
जनकपुरधाममा दोस्रो अन्तरविद्यालय क्रिकेट टी–२० प्रतियोगिता शुक्रबारदेखि हुन लागेको छ । जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलबार ट्रफी प्रर्दशन गरी प्रतियोगिताको तयारी पुरा भएको संयोजक अम्भुप्रसाद साहले जानकारी दिए ।

राष्ट्रिय टिममा स्थानीय खेलाडीको प्रतिनिधित्व गराउने अधारको यो रनिङ प्रतियोगिताको अवधारणा ल्याइएको हो । उनका अनुसार लिग चरणमा प्रतियोगिता हुने छन् । जसअन्तरगत प्रत्येक टिमले कम्तीमा तीन तीन वटा खेल खेल्ने छन् ।

प्रतियोगितामा पाँच सामुदायिकसहित १६ वटा विद्यालयका टिम सहभागि भएका छन् । लेदर बलले हुने यो प्रतियोगिता २० ओभरको हुने र आइसीसीको मान्यता अनुसार खेलाइने प्रतियोगिताको सह संयोजक संतोष साहले बताए । सबै पक्षलाई खेलसंग जोडना र खेल भावना बुझनको लागि दुई वटा मैत्रीपूर्ण खेलसमेत राखिएको छ ।

खेल जनकपुरधामको एतिहासिक बाह्रबिघ्घा रंगभुमि मैदानमा हुने छन् । प्रतियोगितामा विजेताका लागि आकर्षक कपका साथै उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर, म्यान अफ दि म्याच सहित विभिन्न विद्याकालाई पुरस्कृत गरिने छ । यसअघि प्रथम अन्रतविद्यालय कप गोगल प्रसाद माविले कब्जा गरेका थिए ।