एसपी रिपोर्टर
महोतरी, मंसिर २२ :
महोत्तरीमा रतौली युवा क्लब द्वारा अपाङ्गता भएका बालबालिकाहरुलाई सहायक समाग्री र व्यवसाय संचालन गरि आफ्नो बालबालिकालाई विद्यालय पठनपाठन गर्न गराउनका लागि व्यवसायीक सर समाग्री वितरण गरिएको छ ।

रतौली युवा क्लब तथा शेभ द चिल्ड्रेन साझेदारिमा जलेश्वर नगरपालिका तथा पिपरा गाउपालिकामा संचालित समुन्न्ती कार्यक्रम अन्तगत जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार द्वारा अपाङ्गता भएको बालबालिकाहरुलाई ह्विल चियर,कान सुन्ने यन्त्र ( हेयरिङ एड), शौचालय गर्ने कमड चेयर र व्यापार व्यवसाय संचालन गर्ने किरानाको समाग्री, तरकारी व्यवसायको लागि ठेला गाडा देखि सिलाई कटाई लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक पुज नारायण साहले बताए

अपाङ्गता भएका बालबालिकालाई दया र कृपाको दृष्टिकोणले हेर्ने गरिएको र जस्का कारण कयौँ अपाङ्गता भएका बालाबालिकाहरु घर भित्रै सिमित रहेकाले उनिहरुलाई बाहिर ल्याउनका लागि सहयोग समाग्री वितरण गरिएको र व्यापार संचालन गरि आ–आफ्नो बालबालिकालाई विद्यालय पठाई उच्च शिक्षा आर्जन गर्ने उदेश्यले प्रयास गरिएको रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले बताए ।

सामाग्री पाएपछि बौद्धिक अपाङ्ग, बहिरा तथा शारीरीक रुपमा अपाङ्ग भएका बालबालिका लगायत उनका अभिभावक पनि खुशी भएका छन् ।
कर