एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ५ :
जनकपुरधामको मुुख्य शक्तिपिठ माँ राजदेवी मन्दिरमा बोकाबली प्रारम्भ भएको छ । ८ बजेर २० मिनेटबाट बोकाबली प्रदान गर्न सुरु भएको हाम्रा संवाददाता संजय साहले जनाएका छन् ।

यस बर्ष जनकपुरधाम उपमहानगरपालिकाले चढाइएको बोकाको व्यवस्थापनका लागि प्लाष्टिकको बोराको व्यवस्था गरिदिएको छ । बोका चढाइएपछि सो बोरामा हालेर बोकाधनीलाई जिम्मा लगाउने व्यवस्था गरिएको श्री महाविर युवा कमिटिले जनाएको छ ।

निशा पुजा सम्पन्न भएपछि बोकाबली प्रदान गर्न प्रारम्भ हुन्छ । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, निवर्तमान मेयर लालकिशोर साह, वर्तमान उपप्रमुख किशोरी साह सहितको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/spkhabarnepal/videos/1147880169520226/