एसपी रिपोर्टर
जनकपुरधाम, साउन ८ : धनुषाको सबैला नगरपालिका वडा नं. ५ मखनाहा अवस्थित एक स्वास्थ्य चौकीमा कर्मचारीहरु दिउँसै सुतिरहेको भिडियो र तस्वीर अहिले भाइरल छ । महिला कर्मचारी बेच्नमा र एक जना पुरुष कर्मचारी कुर्सीमै निदाएको सो दृश्यहरुले पनि थाहा हुन्छ सरकारी सेवा कति जिम्मेवार छ ।
कार्यालय समयमै देखाइएको सो लापरवाहीले सबैलाको सुशासन र कार्यसम्पादनको हदलाई त पर्दाफास गरेको छ नै पालिका देखि केन्द्रिय सरकार सम्म शक्ति र सत्ताको सन्तुलन रहेपनि सबैला कति सुस्त छ भन्ने कुरा उदांगो पारिदिएको छ ।
सबैला नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रले जितेको छ । मेयरमा कारीराम यादव जो कि माओवादीमा प्रभावशाली नेता पुर्वमन्त्री मातृका प्रसाद यादवको भाई हुन । विभिन्न सहजता र सम्भावनाका बाबजुद पनि सवैला नगरपालिकाको विकासले गति लिन नसकिरहेको स्थानिय नागरिक समाजका अगुवा र व्यापारीहरु बताउछन् ।
तस्वीर : न्युज मधेश डटकम





