एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
जनकपुरधामको रौनियार सेवा समिति र रौनियार युवा मञ्चले समुदायबाट यस वर्षको एसईई उतिर्ण छात्रछात्राहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा समिति र मञ्चद्वारा संयुक्त रुपमा आयोजित सम्मान कार्यक्रममा समिति र मञ्चको सम्पर्कमा आएका कुल २२ जना धनुषाका छात्रछात्राहरुलाई सम्मान गरिएको छ ।

समुदायका छात्रछात्राहरुको उच्चा शिक्षा अध्यन्नमा मनोवल बढाउन प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सम्पर्कमा आएको २२ जना छात्रछात्राहरुलाई सम्मान गरिएको मञ्चका अध्यक्ष सन्तोष रौनियारले बताए । समितिका अध्यक्ष राम प्रताप साहले भने, ‘युवा मञ्चले गर्ने यो राम्रो काममा हामि साथ छौं, एसईई उतिर्ण भएका सबै बाबुहरुलाई उज्जवल भविष्यको शुभकामना सहित सम्मान गरिएको छ ।’

सो अवसरमा समितिका पुर्व अध्यक्ष एवंम पदाधिकारीहरु, संरक्षक र सल्लाहकारहरु, युवा मञ्चका पदाधिकारी र पुर्व अध्यक्षहरु सहितको उपस्थिती रहेको थियो ।