एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ :
बैदेशिक रोजगारीबाट सफल भएर फर्किने व्यक्तिहरुको आर्थिक पुन: एकिकरणका लागि जनकपुरधाममा रेमि परियोजना प्रारम्भ भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले एक कार्यशाला गोष्ठीको आयोजना गरि परियोजनाको परिचय, उद्देश्य र लक्षित अभियानको विषयमा जानकारी गराएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले परियोजनाले बैदेशिक रोजगारबाट फर्केकाहरुलाई प्राथमिकतामा राखि उनीहरुलाई आर्थिक पुन: एकिकरणको उद्देश्य लिएको बताए । रेमि परियोजनाले बैदेशिक रोजगारबाट फर्केकालाई लक्षित गर्छ भन्ने सामी परियोजनाले बैदेशिक रोजगारीमा जान चाहनेका लागि सुरक्षित रोजगार र आप्रवासनको लागि काम काम गर्ने गरेको छ ।

रेमिले असफल भएर बिदेशबाट फर्किनेहरुलाई पहिला समाजिक एकिकरण र त्यस संगै आर्थिक एकिकरण, उद्यमशिलता र राजगार प्रर्वद्वनलाई पनि जोड दिने अधिकृत रामकुमार कर्णले बताए । परियोजनाका लागि जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्षमै कार्यालय व्यवस्थापन गरि चारजना कर्मचारी समेत नियुक्त गरिसकेको र उनीहरुले साउन १ गते देखि काम गर्ने बताइएको छ ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रादेशिक श्रम तथा यातायात मन्त्रालयका फोकल पर्सन सरोज यादव, वडा अध्यक्षहरु सहित परियोजनाका कर्मचारीहरुको सहभागिता थियो ।