एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ५ :
मधेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहाले धानबालीलाई केन्द्रित गर्दै मधेशका किसानहरुका लागि ५२ हजार २ सय मेट्रिकटन मल व्यवस्थापन भएको बताएका छन् । जस्मा रासायनिक मल (यूरिया, डीएपी र पोटास) सहितको ब्यवस्थापन गरिएको मन्त्री कुशवाहाले एसपी खबरलाई बताए ।

हाम्रो अथक प्रयासले अगामि धान बालीको लागी मधेश प्रदेशका सबै मलखाद डीलर/ डिपोको मार्फÞत ५२,२०० मेट्रिक टन रासायनिक मल (यूरिया, डीएपी र पोटास) ब्यवस्थापन गरिएको छ । यो मात्रा बिगत वर्षको तुलनामा दोब्बर भन्दा बढ़ी छ । सो मलखाद सबै डीलर/डिपोबाट यही आसार १ गतेबाट उपलब्ध हुने छ मन्त्री कुशवाहाले भने ।

साथै उनले यसपाली देखी सबै डीलर डिपोले को–को व्यक्तिलाई मलखाद बिक्री गरेको रेकर्ड समेत मोबाइल नम्बर सहित राखी कृषि मन्त्रालयमा उपलब्ध गराउनु पर्नेछ । र सो तथ्यांक नागरिक अडिटको लागी समेत प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।