एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ५ :
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फागुन २५ हुदै चैत ३ सम्म एमालेको लागि पहिलो राजनितिक च्याप्टर रहेको र त्यसपछि अर्को च्याप्टर सुरु हुने बताएका छन् । पार्टीले संगठन थप चुस्त दुरुस्त बनाउन देश व्यापि रुपमा सुरु गरेको मिशन ग्रासरुट दुई महिने अभियानको मधेश प्रदेश राजधानी जनकपुरधाममा समुदघाटन गर्दै पोखरेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमाले संग हाल रहेको गठबन्धनमा भएको सहमतीकै आधारमा एमाले अलिकति पनि टसमस नहुने बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निश्कर्ष लागेपछि मात्र राष्ट्रिय सहमति, साझाँ निति तथा कार्यक्रम सहितका अलग च्याप्टरहरुमा एमाले सहमती खोज्न सक्ने भनाई पोखरेलको छ । उनले सहमती भंग गरिए एमाले अर्को चयाप्टरमा काम गर्ने र देशकै थप ठुलो शक्ति बन्ने समेत बताए ।

पार्टीका सचिव रघुविर महासेठले अगामि निर्वाचनहरुमा कम्तिमा ५१ प्रतिशत मत ल्याएर एकल सरकार निर्माणका उद्देश्यले मिशन ग्रासरुट ल्याइएको बताए । उनले मिशनका लागि मधेश प्रदेशको आठवटै जिल्लामा पालिका हिसावले नेताहरुका लागि तोकिएको जिम्मेवारीको विषयमा जानकारी गराएका छन् । एमाले आफनै भित्रको लगत तत्व र प्रवृतीका कारण आज एक्लै स्थापित हुन नसकेकाले यस मिशनले संगठन सुदृढिकरण भएर आफनै बलबुतामा सरकार निर्माणका लागि सहयोग गर्नेै विश्वास नेताहरुको छ ।

कार्यक्रममा पार्टीका मधेश अध्यक्ष रामअवतार यादव, स्थाई कमिटि सदस्यहरु लालबाबु पण्डित, गुरु बराल र सिता पौडेल, मन्त्री ज्वाला साह सहितको उपस्थिती रहेको छ ।